एलिजा गौतमले गरिन् सक्रिय राजनीति त्यागेको घोषणा

एलिजा गौतमले गरिन् सक्रिय राजनीति त्यागेको घोषणा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् ।

देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।

आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षारोपण गरेको र १० वटा साबेल उपहारस्वरूप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् ।

सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।