काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक सुरु भएको हो ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ। बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने बुझिएको छ । बैठक आलोकनगर, शान्तिनगरमा बसिरहेको हो ।


प्रतिक्रिया