कोसी प्रदेशमा प्रधानमन्त्रीका ज्वाइँलाई आर्थिक मामिला मन्त्रालय

कोसी प्रदेशमा प्रधानमन्त्रीका ज्वाइँलाई आर्थिक मामिला मन्त्रालय


ग्लोब नेपाल
297
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। आज नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन्। बिहान ९ बजेपछि उनको शपथ हुने बताइएको छ। उनी आर्थिक मामिला मन्त्री बन्ने भएका छन्।

आचार्य यसअघि पर्यटन मन्त्री थिए। उनी प्रधानमन्त्री प्रचण्डका ज्वाइँ हुन्। शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

कोशी सरकार गठनमा सभामुखले पनि हस्ताक्षर गरेपछि विपक्षी दलहरूले सर्वोच्चमा रिट दिएका छन्। उक्त रिटको सुनुवाइ आज हुँदैछ। रिटमा सरकार गठन गर्दा संविधान मिचिएको भन्दै एमालेले सरकार गठन रद्द गरी आफ्नो नेतृत्वमा सरकार बनाउन परमादेश दिन माग गरेको छ।