काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।
अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएकाे छ ।
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए । प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेकाे छ ।
प्रतिक्रिया