असार २७ मा नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु

असार २७ मा नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु



काठमाडौं । अमेरिकी सहयाक विदेशमन्त्री डोनाल्ड लु यही २७ असारमा नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सहयोग नियोग एमसीसी कार्यान्वयनका लागि यसअघि पनि नेपाल आएका उनी सो नियोगको अनुदारनमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी लिन काठमाडौं आउन लागेका हुन् ।

यसअघि लु संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि नेपालमा रस्साकस्सी चलिरहेका बेला नेपाल आएका थिए । उनी अमेरिका फर्किएपछि देउवा सरकारको पालामा एमसीसी कम्प्याक्ट अनुमोदन भएको थियो । अहिले सो कम्प्याक्टअनुसार परियोजना सञ्चालन गर्न एमसीए नेपाल बनेको छ । जसले परियोजनाका लागि काम सुरु गरिसकेको छ । हालै मन्त्रिपरिषद्ले सो परियोजनाका लागि जग्गा अधिकरण गर्ने निर्णय गरिसकेको छ ।

एमसीसीको अनुदानमा विद्युत ट्रान्समिसन लाइन र सडक विस्तार परियोजना सञ्चालन हुँदैछन् ।