काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।
अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले आइतवार साँझ टुइट गरेपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन । काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,
‘आज एउटा विशष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,
‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’


प्रतिक्रिया