एनआरएनए बेल्जियमको महासचिवमा रुविना सर्वसम्मत

एनआरएनए बेल्जियमको महासचिवमा रुविना सर्वसम्मत


ग्लोब नेपाल
378
Shares

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको महासचिवमा रुविना शर्मा सर्वसम्मत भएकी छन् । निर्वाचन समितिको पहलमा आइतवार लुभेनमा भएको सहमतिको प्रयासमा महासचिवका अर्का प्रत्यासी राजेन्द्र कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि शर्मा सर्वसम्मत भइन् ।

जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमल्सीनाका अनुसार अध्यक्ष पदमा बाहेक सबैमा निर्विरोध भए पछि अध्यक्ष पदमा समेत निर्विरोध बनाउने प्रयास जारी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को डेढ दशक लामो अभियानमा दोस्रो पुस्ताको नेताका रूपमा उभिएकी पहिलो पटक २५ वर्षीया शर्मा सर्वसम्मत भएकी हुन् ।

उनीसँग यसअघि सांग्रीला समाज बेल्जियम, लुम्बिनी कपिलबस्तु ग्लोवल अभियानलगायतका काम गरेको अनुभव छ ।

उनी हाल बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रहेकी छन् । सो फेडेरशनको सदस्य एनआरएनए बेल्जियम समेत छ । उनले सोही फेडेरेशनमार्फत नेपाली संघसंस्थाहरूलाई सहयोग गर्दै आएकी छन् । शर्माले बेल्जियममा बायोटेक्नोलोजिमा व्याचलर डिग्री गर्दै छिन्

गैरआवासीय नेपाली संघ बेल्जियमको १६ जुलाईमा हुने निर्वाचनमा अध्यक्ष पद बाहेक अरु सबै पदमा सर्वसम्मत भएको बुझिएको छ । अध्यक्ष पदमा सिता सापकोटा, तीर्थ धमला र अनुजा प्रधानको उम्मेदवारी परेको छ । उनीहरुलाई सोमवार विहानसम्म उम्मेवारी फिर्ता लिन समय दिइएकोछ ।

को को निर्विरोध भए ?
आइसिसि सदस्य पदमा मदन दवाडी, हरी भट्टराई र भिम सुबेदी, उपाध्यक्षमा कासी दनै, लोकेन्द्र नेपाल ( पुष्प ) महिला उपाध्यक्षमा साबित्री गिरी, युबा उपाध्यक्षमा रिबु श्रेष्ठ बस्नेत र जनजाती उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्बिरोध निर्बाचित हुनु भएको छ ।

त्यसै गरि महासचिबमा रुबिना शर्मा , उपमहासचिबमा राजेन्द्र कार्की, सचिबमा रमेश दाहाल, सञ्जयदेब श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिबमा जमुना शर्मा,कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्ष डा, राजु श्रीवास्तव, महिला संयोजकमा सारदा धिताल,महिला उपसन्योजकमा सरु श्रेष्ठ गुरुङ, युबा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, ब्रुज संयोजक देबी कुमारी शर्मा, निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

सदस्यहरुमा सुर्य प्रशाद सापकोटा,रोशन गौतमसदिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल,बिक्की मल्ल,सरोज आचार्य, रमेश सापकोटा निर्बिरोध निर्बाचित हुनु भएकोछ ।