भारत शिमलामा पहिरोमा परी रुकुम पश्चिमका एकै परिवारका तीनको मृत्यु

भारत शिमलामा पहिरोमा परी रुकुम पश्चिमका एकै परिवारका तीनको मृत्यु


ग्लोब नेपाल
135
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जनाको पहिरोमा परी मृत्यु भएको छ ।

भारतको हिमाचल राज्यको शिमलास्थित ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा त्रिवेणी गाँउपालिका-९ टुनिबोटका ४८ वर्षीय दीपबहादुर वली, श्रीमती भीमा वली तथा उनका १७ वर्षीय छोरा मोहन वलीको मृत्यु भएको हो ।

सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासी पहिरो आउँदा तीनै जनाको ज्यान गएको मृतक दीपबहादुरका साइला भाइका छोरा किरण ओलीले जानकारी दिए ।

दीपबहादुर एक वर्षअघि भारत भएका थिए । उनलाई काम सघाउन भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती भीमा र दुई छोरा सिम्ला गएका थिए । जेठो छोरा लोकेन्द्र भने काममा गएकाले उनी सुरक्षित रहेको किरणले जानकारी दिए ।

‘ठूलो बुबाका जम्मा ४ सन्तानमध्ये दुई छोरी गाउँमै बिहे गरेर बस्नुभएको छ,’ किरणले भने, ‘बाँकी अन्य सबै परिवार भारतमै हुनुहुन्थ्यो । आज यो दुःखद् खबर सुन्नुपर्‍यो ।