मनाङ्ग एयरको हेलिकप्टर लामाजुरानजिक दुर्घटना भएको प्रारम्भिक सूचना

मनाङ्ग एयरको हेलिकप्टर लामाजुरानजिक दुर्घटना भएको प्रारम्भिक सूचना


ग्लोब नेपाल
1.9k
Shares

सोलुखुम्बु । लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवार थिए ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर आज बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।