काठमाडौं । मेक्सिकन नागरिक बोकेर माउन्टेन फ्लाइटमा गएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । पाइलटसहित ६ जना सवार हेलिकोप्टरमा पाँच जना मेक्सिकोका नागरिक रहेको बताइएको छ ।
मंगलबार विहानदेखि बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
अहिलेसम्म ५ वटा शव भेटिएको उनले बताए । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।
अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ । हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।
हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर आज बिहान ९ बजेर ५२ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको मनाङ एयरको हेलिकोप्टरमा पाँचजना विदेशी नागरिक रहेको स्रोतले जानकारी दिएको छ । बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ ।
त्यसपछि उडेको हेलिकोप्टर लाम्जुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको बताइएको छ ।


प्रतिक्रिया