पत्नी पतिको सहयोगी होइनः उच्च अदालत

पत्नी पतिको सहयोगी होइनः उच्च अदालत

उच्च अदालत दिल्लीले व्याख्या गरेको छ– पत्नी पतिको सहयोग होइन, उनको व्यक्तिगत पहिचान र आकांक्षा हुन्छ। पत्नीलाई आफ्नो सपना पूरा गर्ने अधिकार भएको अदालतले व्याख्यामा उल्लेख गरेको छ ।



उच्च अदालत दिल्लीले एउटा मुद्दाको सुनुवाइ गर्दै भनेको छ, ‘श्रीमतीको पहिचान फरक हुन्छ, पत्नी आफ्नो पतिको सहयोगी होइन । उनको पहिचान पतिको पहिचानसँग गाँसिएको छैन । ‘पत्नीलाई आर्थिक रूपमा स्वतन्त्र हुन, अर्थपूर्ण सामाजिक कार्यमा सहभागी हुन र आफ्नो सपना पूरा गर्ने प्राकृतिक अधिकार रहन्छ।’

उच्च अदालतको यो व्याख्य भाडामा बसेकाे पसललेलाई सटर खाली गर्न आदेश दिँदा आएकाे हाे । यो पसलको उपयाेग घरबेटीका छाेरीहरु गर्न चाहन्थे । घरबेटीका छाेरीहरु विवाहित हुन्, तर भाडावालालाघ हटाए त्याे सटरमा व्यवासय सुरु गर्न चाहेका थिए ।

श्रीमतीको पहिचान पतिभन्दा फरक
दिल्ली उच्च अदालतकी न्यायाधीश नज्मी वजिरीले भनिन्, कानुनमा एक पत्नी व्यक्तिगत रुपमा अक्षुण रहन्छिन् । जसमा उसको सपना, आकांक्षा, इच्छा र आर्थिक रुपले उनी स्वतन्त्र हुन्छिन् । सामाजिक उत्तरदायी पूरा गर्न उनीसँग प्राकृतिक अधिकारसमेत सुरक्षित रहन्छ ।

सन् २०१८ मा भाडामा बस्नेले व्यवसायमा अवरोध सिर्जना नगर्न माग गर्दै तल्लो अदालतमा मुद्दा दायर गरेका थिए । तर तल्लो अदालतले उनको मुद्दा खारेज गरेको थियो । त्यसपछि उनीहरु न्याय माग्न उच्च अदालत पुगेका थिए ।

सुनवाइमा उच्च अदालतले भन्यो, प्रसिद्धि पाउनु वा धनी मान्छेको श्रीमति भएर पहिचान बनाउने खालका अधिकांश महिला हुँदैनन् । छोरीहरु विवाहित भए पनि आफ्ना मातापिताको सम्पत्तिको अंशियार वा आवासमा आश्रित हुन पाउँछन् ।’ दिल्ली हाइकोटले स्पष्ट ग-यो- आश्रितलाई आवश्यक प-यो भने भाडावाललाई हटाउने अनुमति कानुनले सुरक्षित गरेको छ ।

घरधनीका वकिलले विवाहित छोरीहरूको वैकल्पिक आवास नभएको, बेरोजगार तर शिक्षित भएकाले उनीहरु व्यावसायका आकांक्षी भएको तर्क गरेका थिए । भाडावालाकाे याचिका यसकारण खारेज गरिएकाे थियाे जुन आवश्यकताको सिद्धान्तमा आधारित थिएन ।