काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा किर्ते कागजात तयार पारी नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।
यो विषयमा सीआईबीले हालसम्म श्रेष्ठसहित १५ जना पक्राउ गरिसकेकाे छ । श्रेष्ठसहित मंगलबार एकै दिन तीन जना पक्राउ परेका छन् ।
सञ्चार सचिव कृष्णबहादुर राउत, पूर्वसहसचिव सुधीर कुमार शाह र ब्यापारी मिनबहादुर गुरुङसमेत ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया