काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय

काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई प्रति गाडी शुल्क लिने प्रस्ताव पारित गरेको हो ।

फोहोरका ठूला गाडीलाई प्रति गाडी एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव पारि गरिएको हो । स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले बताउनुभएको छ ।

गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी समेत गराएको छ । काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरु र काभ्रेका केही स्थानीय तहहरुको गरी दैनिक ११ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ । दैनिक सयौं गाडी फोहोर लिएर जाने गरेका ती प्रत्येक गाडीले पटकैपिच्छे शुल्क तिर्नुपर्ने छ ।