पशुपति आर्यघाट पुर्‍याइयो सीता दाहालको शव

पशुपति आर्यघाट पुर्‍याइयो सीता दाहालको शव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर पशुपति आर्यघाट पुर्‍याइएको छ । दाहालको शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो । उनको राजकीय सम्मानसहित अन्तेष्टि गरिँदै छ ।

त्यसअघि उनको शव श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । उपचारका क्रममा बुधबार बिहा ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो ।