ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ

ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ



काठमाडौं । बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

याे प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।