एकता कायम गर्न उम्मेदवारी फिर्ता लिएँ : अनुजा प्रधान, अध्यक्ष (प्रत्यासी) एनआरएनए बेल्जियम

एकता कायम गर्न उम्मेदवारी फिर्ता लिएँ : अनुजा प्रधान, अध्यक्ष (प्रत्यासी) एनआरएनए बेल्जियम


ग्लोब नेपाल
216
Shares

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको १६ जुलाईमा हुने निर्वाचनको लागि प्रत्यासी बनेकी अनुजा प्रधानले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । प्रधानले विहीवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको जनाउ दिएकी छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘कार्यसमितिका अधिकांश पद सर्वसम्मत भैसकेको अवस्थामा अध्यक्ष पदमा समेत सर्वसम्मत हुँदा एकता कामय रहने र ठूलो आर्थिक रकमको समेत बचत हुने अवस्थामा आफूले एक कदम पछि हटेर सहमतिको अन्तिम प्रयासको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ ।’

उनले गैरआवासीय नेपाली संघमा थप जिम्मेवारी लिएर संस्थाको हित र समाजको लागि केही गर्नुपर्छ भन्ने भावनाकासाथ संस्थामा निरन्तर लागि रहने प्रतिबद्धता रहेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

विज्ञप्तिको पूर्णपाठ
गैरआवासीय नेपाली संघ बेल्जियमको यही १६ जुलाईमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा मैले उम्मेदवारी दर्ता गरेको यहाँहरुलाई अवगतनैछ ।

गैरआवासीय नेपाली संघको अभियानमा लामो समय देखि आफुले बटुलेको अनुभव र क्षमताका आधारमा आफुलाई अध्यक्ष पदमा प्रत्यासीको रुपमा उभिएकी थिए।

गैरआवासीय नेपाली संघको निर्वाचनका कारणले समाजमा हुने सक्ने विभाजनको प्रभावलाई रोक्न मैले अन्तिम प्रयास सम्म सहमतिकोे प्रयास गरेकी थिए ।

कार्यसमितिका अधिकांश पद सर्वसम्मत भैसकेको अवस्थामा अध्यक्ष पदमा समेत सर्वसम्मत हुदा समाजमा एकता कामय रहने र ठूलो आर्थिक रकमको समेत बचत हुने अवस्थामा आफुले एक कदम पछि हटेर सहमतिको अन्तिम प्रयासको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छु ।

एनआरएनए बेल्जियमको नयां नेतृत्वको लागि यहाँस्थित नयां पुस्ताले देखाएको चासो र सदभावको समेत उच्चकदर गर्दै गैरआवासीय नेपाली संघको अभियानमा एक जुट भएर अघि बढ्न आग्रह गर्दछु ।

साथै गैरआवासीय नेपाली संघको अभियानमा आगामी दिनमा थप जिम्मेवारी लिएर संस्थाको हित र समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाकासाथ संस्थामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु । र एनआरएनए बेल्जियमको नयां कार्यसमितिलाई पूर्ण सहयोग र समर्थन रहने जानकारी समेत गराउदछु ।

अनुजा प्रधान
अध्यक्ष (प्रत्यासी), एनआरएनए बेल्जियम