एसीसी इमर्जिङ टिम्स एसिया कप : श्रीलङ्का र अफगानिस्तान विजयी

एसीसी इमर्जिङ टिम्स एसिया कप : श्रीलङ्का र अफगानिस्तान विजयी



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का ‘ए’ ले बङ्गलादेश ‘ए’ लाई ४८ रनले हराएकाे छ ।

श्रीलङ्काले दिएकाे ३ सय ५० रनकाे विशाल लक्ष्य पछ्याएकाे बङ्गलादेश ४८ ओभर ३ बलमा ३ सय १ रनमा अलआउट भयाे । बङ्गलादेशका कप्तान सैफ हसनले ५३, माेहम्मद नइमले ५१, साैम्य सरकारले ४२ र रकिबुल हसनले ४० रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमाेद मदुशन र दुशन हेमन्थाले ३/३ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४९ रन बनायाे । श्रीलङ्काका अभिष्का फर्नान्डाेले सर्वाधिक १ सय ३३ रन बनाए । यस्तै मिनाेद भानुकाले ५७ र पसिन्दु साेरियाबन्दराले ४३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका रिपाेल मन्डाेल र साैम्य सरकारले ३/३ विकेट लिए ।

यस्तै अर्काे खेलमा अफगानिस्तान ‘ए’ ले ओमान ‘ए’ लाई ७२ रनले हराएकाे छ ।

अफगानिस्तानले दिएकाे २ सय ६८ रनकाे लक्ष्य पछ्याएकाे ओमान ४० ओभर ३ बलमा १ सय ९० रन बनाउँदा अलआउट भयाे । ओमानका आयन खान र साेयब खानले समान ४७ रन बनाए । बलिङतर्फ अफगानिस्तानका माेहम्मद इब्राहिम अब्दुलरहिमजाई र जिया उर रेहमानले ३/३ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर पहिले ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ४९ ओभरमा ८ विकेट गुमाएर २ सय ६७ रन बनायाे । अफगानिस्तानका जुबैद अकबरीले ७९ र कप्तान शाहिदुल्लाह कमलले ४५ रन बनाए । बलिङतर्फ ओमानका कलीमुल्लाह र कप्तान अकिब इलियासले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा भाेलि शुक्रवार पाकिस्तानको ‘ए’ टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।