सावित्राको गोलमा नेपाल बंगलादेशसँग बराबरी

सावित्राको गोलमा नेपाल बंगलादेशसँग बराबरी



काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो । हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीले बचाएकी थिईन् ।

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् ।

एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आईतबार खेल्नेछ ।