सोमपालको अर्धसतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

सोमपालको अर्धसतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो ।

नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका प्रहार गरेका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए ।