काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित

काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित



काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो ।

महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

२६ असारबाट सुरु भएको बजेट माथिको छलफल शुक्रबार सकाएर नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित भएको छ ।