प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक संसदमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयकाअनुसार कानुन मन्त्री गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुका साथै पारित गरिनेछ ।