यसरी मनाइयो बाल्टिमोरमा भानु जयन्ती

यसरी मनाइयो बाल्टिमोरमा भानु जयन्ती


ग्लोब नेपाल
189
Shares

वाशिंटन डिसी । अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरको आयोजनामा बाल्टिमोर शहरमा ११० औं भानु जयन्ती भानुको विषयमा प्रवचन तथा कविता वाचनसहित मनाइयो । कार्यक्रमको शुरूवात प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष एवम् अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पार्पण गरेर भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले आदिकवि भानुभक्तले नेपाली जगतलाई नेपाली भाषाको माध्यमले एकताको सूत्रमा बाँधेको बताए । कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड राज्यका संसद सदस्य एबम् मेरिल्याण्ड च्याप्टरका प्रथम अध्यक्ष ह्यारी भण्डारीले आदिकविले आफ्नो समयमा नेपाली भाषाको माध्यमले विद्रोह गरेको बताए ।

कार्यक्रमलाई डा. उत्तम गौली, गौतम दाहाल, भरत बराईलीले समेत सम्बोधन गरेका थिए । सो अवसरमा लीलु गुरुङ, भावना विष्ट, भीम शाही, तीर्थ पाण्डे, ह्यारी भण्डारीले भानुको सम्झनामा कविता वाचन समेत गरेका थिए । कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन मधुकर अधिकारीले गरेका थिए ।