प्रधानमन्त्री दाहाल इटाली जाने

प्रधानमन्त्री दाहाल इटाली जाने


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् । प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बालुवाटार स्रोतले जनाएको छ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् । साथै मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।