बरामद सुन जोख्नका लागि टक्सार महाशाखामा ल्याइयो

बरामद सुन जोख्नका लागि टक्सार महाशाखामा ल्याइयो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ ।

बरामद भएको सुन जाँच एवं परीक्षण गर्नका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो । सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली टक्सार विभाग आइसकेको छ ।

राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको सुन बरामद गरिएको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।