एनआरएनए एनसीसी माल्टाको अध्यक्षमा रेम्स खनालको उम्मेदवारी घोषणा

एनआरएनए एनसीसी माल्टाको अध्यक्षमा रेम्स खनालको उम्मेदवारी घोषणा



माल्टा । एनआरएनए एनसीसी  माल्टाको अध्यक्ष पदमा रेम्स खनालले उम्मेदवारी घोषणा गरेका छन् । 

एनआरएनए एनसीसी माल्टाको आगामी कार्यकालका लागि  रेमलाल खनाल (रेम्स)ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै समग्र माल्टावासीको आग्रहलाई स्वीकार गरेर निर्वाचनमा होमिएको बताए । 

माल्टालाई विश्वको नमुना एनसीसी बनाउने घोषणासमेत गरेका उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको बताए । उम्मेदवारी घोषणा कार्यक्रममार्फत् उनले आफ्नो प्रतिवद्धता र संकल्प पनि सार्वजनिक गरेका छन् । 

‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित उनले आफ्नो २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।