नेपाली वायु सेवा कम्पनीले विमानभित्र पसल चलाउन पाउने

नेपाली वायु सेवा कम्पनीले विमानभित्र पसल चलाउन पाउने



काठमाडौं । नेपाली वायु सेवा कम्पनीले अब अन्तर्राष्ट्रिय उडानमा पसल चलाउन पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इनफ्लाइट सपसम्बन्धी कार्यविधि जारी गरेको छ । यो कार्यविधि आएसँगै नेपाली वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा इनफ्लाइट सप चलाउन पाउने भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका ज्ञानेन्द्र भुलले विमान कम्पनीहरूले मेनु दिने र सोहीअनुसार यात्रुले पसलबाट सामान खरिद गर्न सक्छन् । बजेट एयर लाइन्समा यस्तो सुविधा हुनेगर्छ ।

हाल एउटा मात्र नेपाली निजी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले इनफ्लाइट सपको अनुमति पाएको क्यानले जनाएको छ । यसरी विमानभित्र पसल चलाउन मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।