काठमाडौं । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौंबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।
बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौंमा फोहोर बढ्न पुगेको छ ।
काठमाडौंबाटै प्रहरी परिचालन गरेर फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
१ साउनदेखि नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीय सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फोहोर फाल्न अवरोधमा उत्रेका हुन् ।
बिहीबार बञ्चरेडाँडामा दुर्गन्धित भएको फोहोरलाई छोप्न माटो बोकेर गएकाे २० वटा गाडी भने जान दिएका थिए ।
प्रतिक्रिया