प्रहरीको सुरक्षाबीच बन्चरे डाँडा लगियो काठमाडौंकाे फोहाेर (तस्बिरहरू)

प्रहरीको सुरक्षाबीच बन्चरे डाँडा लगियो काठमाडौंकाे फोहाेर (तस्बिरहरू)



काठमाडौं । १ साउनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाँडा लगिएको छ । साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो । फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए ।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन् । जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन । काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ ।