मौद्रिक नीति पारित

मौद्रिक नीति पारित



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

आइतबार अपरान्ह ३ बजे  पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।