संसदीय दलमा मन नडुलाउन गगनलाई मीनेन्द्रको सुझाव

संसदीय दलमा मन नडुलाउन गगनलाई मीनेन्द्रको सुझाव


ग्लोब नेपाल
648
Shares

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संसदीय दल नेतामा मन नडुलाउन महामन्त्री गगन थापालाई सुझाव दिएका छन्।

आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले पार्टी बलियो बनाउन खोजे पनि कुरा नमिल्नुको कारण संसदीय दल रहेको आफूलाई लागेको बताए।

‘सभापति चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो र बलियो बनोस्। महामन्त्री थापा पनि यही चाहनुहुन्छ तर कहाँनेर कुरा मिलेको छैन ? यसो हेर्दा संसदीय दलमा थापाले मन डुलाउँदा सभापति र महामन्त्रीको ध्यान एकातिर हुन नसकेकोजस्तो लाग्यो,’ उनले भने।

महामन्त्री थापाले उपयुक्त मौकामा संसदीय दल नेता परिवर्तनका लागि आफू लाग्ने अभिव्यक्ति दिएका थिए। रिजालले सधैँ केन्द्रीय समिति बैठक लाइभ गर्न नहुने पनि बताए। उनले पार्टीमा आएका प्रस्तावहरू सबैको परामर्शमा आएको बताए। ‘प्रस्तावहरूमा केही कुरा छुटेका भने छन्,’ उनले भने।