एनआरएनए अमेरिकामा बन्जाडे निर्वाचित

एनआरएनए अमेरिकामा बन्जाडे निर्वाचित


ग्लोब नेपाल
0
Shares

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा डा. अर्जुन बन्जाडे अत्याधिक मतले विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी डिलु पराजुलीलाई पराजित गरेका हुन् । डाक्टर बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरे भने पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ ।

यो निर्वाचनमा ८२ प्रतिशतभन्दा बढी मत खसेको छ । निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार कूल मतदाता १३ हजार ६ सय ९१ मध्ये ११ हजार २ सय ६९ जनाले मतदान गरेका छन्। यो मतदानको परिणाम आजै सार्वजनिक गर्ने निर्वाचन समितिको विज्ञप्तिमा उल्लेख छ ।