अमेरिकाको जनजीवन अस्तव्यस्त बनाउने गर्मी, १८ जनाको मृत्यु

अमेरिकाको जनजीवन अस्तव्यस्त बनाउने गर्मी, १८ जनाको मृत्यु


ग्लोब नेपाल
108
Shares

अमेरिकाको दक्षिणपश्चिम क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने उखर्माउलो गर्मी मध्य र पूर्वी क्षेत्रमा पनि विस्तार हुँदैछ । मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन् ।

गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन् । गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन् ।

आइतवार, फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियस भन्दा बढी ताप मापन गरिएको र यो सन् १९७४ मा गरिएको तापमान रेकर्डभन्दा पनि बढी रहेको जनाइएको छ ।

हालसम्मको तापमान रेकर्ड अनुसार जुलाई अब पृथ्वीको सबैभन्दा तातो महिना हुने अपेक्षा गरिएको छ । गत अप्रिलयता मारिकोपा काउन्टी वरपर मात्र गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु भएको र अन्य ६९ जनाको पनि गर्मीकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।