एनआरएनए बेल्जियमकाे प्रथम बैठकले गर्‍याे महत्वपूर्ण ३ निर्णय

एनआरएनए बेल्जियमकाे प्रथम बैठकले गर्‍याे महत्वपूर्ण ३ निर्णय



बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमकाे नवनिर्वाचित कार्यसमितीको प्रथम बैठक म‌गलबार सम्पन्न भएकाे छ । नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको प्रथम बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरु गरेकाे महासचिव रुविना शर्माले जानकारी दिइन् ।

१. नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाईचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरिएको छ ।

२) बैठकले बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आईपर्ने कुनै पनि आपतकालिन समस्याको लागि सहयोग गर्न एक आपतकालिन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।

३) बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराउनुभएकोमा धन्यवाद ज्ञापन गरेको छ ।