सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ

सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन् । एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो ।