काठमाडौं । महिला विश्वकप फुटबलमा बिहीबार साविक विजेता अमेरिकाले नेदरल्याण्ड्सले १–१ गोलको बराबरी खेलेका छन् । यो खेललाई सन् २०१९ को महिला विश्वकप फुटबलको फाइनलको रि म्याचको रुपमा हेरिएको थियाे । त्यतिवेला नेदरल्याण्ड्सलाई २–० ले हराउँदै अमेरिका विश्व च्याम्पियन बनेको थियो ।
समुहको पहिलो चरणको खेलमा अमेरिकाले भियतनामलाई हराएको थियो भने नेदरल्याण्ड्सले पोर्चुगललाई पराजित गरेको थियो । बिहीबार हुने अर्को खेलमा भियतनाम र पोर्चुगल भिड्नेछन् । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । समुह ‘बि’ को खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले अफ्रिकी प्रतिद्धन्दी नाइजेरियाको सामना गर्नेछ ।
यसअघि का खेलहरुमा विजयी हुँदै जापान र स्पेन नक आउट चरणमा प्रवेश गरेका छन् । समुहको दोस्रो खेलमा जापानले कोष्टारिकालाई २–० ले हराउँदा स्पेनले जाम्बियामाथि ५–० को जित निकाल्यो ।


प्रतिक्रिया