मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्ग अवरुद्ध



बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको हो । 

निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बुधबार रातिदेखि आएको बाढी र सडकमा लेदो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएसँगै सो क्षेत्र भएर चल्ने सवारीसाधन ठप्प भएका छन् । रुकुुम पूर्वदेखि काठामाडौं, पोखरा तथा बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका सवारीसाधान कानाबगरमा रोकिएका छन् । 

सडक खुलाउने प्रयास भने भइरहेकाे छ ।