चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि हिमचुलीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेको छ ।