विमानस्थल अध्यागमन कार्यालयको सर्भर डेढ घण्टा डाउन

विमानस्थल अध्यागमन कार्यालयको सर्भर डेढ घण्टा डाउन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । विभागका महानिर्देशक झलकराम अधिकारीले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा सर्भरमा समस्या आएको बताएका छन् ।

अध्यागमनको सर्भर करिब डेढ घण्टा अवरुद्ध भएको हो । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । अहिले भने समस्या समाधान भइसकेको अधिकारीले बताए ।

विमानस्थल कार्यालयले अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र म्यानुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको बताएको छ ।

यसअघि पनि विमानस्थलको सर्भर करिब चार घण्टा डाउन हुँदा पूरै विमानस्थलको उडान एवं अवतरण प्रभावित भएको थियो ।