नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा



चितवन । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ । बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको थियो । त्यसपछि केहीबेर सञ्चालन भएर बन्द भएको सडक केहीबेर अघि दुईतर्फी खुलेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाडौंको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।