काठमाडौं । रातोपुलस्थित घरमा मृत फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । प्रहरीले ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको हाे ।
ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट पनि आइसकेको छ । प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए ।
३१ वर्षीय सारुकले लेखेको ‘१ पेज लामो’ सुसाइड नोटमा आफ्नो मृत्युमा कसैलाई आरोप लगाएका छैनन् ।
ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् । ‘साथीभाइ, आमा र बुवालाई उनले सम्झना गरेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘आफ्नै कारण घटना भएको नोटमा लेखेका छन् ।’
आफ्नो मृत्युमा कसैलाई दोष नदिएका सारुकले आमालाई सम्झदै भनेका छन्, ‘अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ ।’
नोटमा उनले थप लेखका छन्, ‘पुलिसहरू डन्ट फ..* मि कन्ट्रोभर्सी, इट्स अल माई फल्ट । यो सबै यहीँ अन्त्य हुनु थियो, बन्द भयो । मेक मि रेस्ट इन पिस ।’
सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।
प्रतिक्रिया