पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आज नयाँ मूल्य सूची आएको हो ।

निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । जस अनुसार तत्काल मूल्य घटबढ हुने छ ।