चामलको मूल्य वृद्धि गराउने व्यापारीलाई कारबाही हुने

चामलको मूल्य वृद्धि गराउने व्यापारीलाई कारबाही हुने



काठमाडौँ । विभाग र उद्योग वाणिज्य महासंघका वाणिज्य विभागका पदाधिकारीहरूबीच चामल निर्यात प्रतिबन्धका विषयमा साेमबारनै छलफल गरेको थियो । बुधबार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ ।

एक साताअघि भारतले बासमती बाहेकका चामल निर्यात नगर्ने निर्णय गरेकाे थियाे । भारतबाट नेपालमा चामल आयात हुन छाडेपछि नै चामलको भाउ बोरामा २०० देखि २५० रुपैयाँसम्म बढिसकेकाे छ । 

सरकारले चामलमा प्रतिबन्ध लाग्नु अघि भण्डारणमा रहेको चामल बजारमा बिक्री गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । कसैले बढी मूल्य लिएमा उपभोक्ताले सिधै विभागलाई जानकारी गराउन पनि अनुराेध गरेको छ । 

बजारमा कसैले चामलकाे मूल्य मनपरी बढाइएकाे पाइएमा विभागले व्यापारीलाई कारबाही गर्ने भएको छ।