काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा प्रहार भएको छ । तामाङ समूदायले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै प्रहरी कार्यालयको गेटमाथि ढुंगामुढा गरेका हुन् ।
अधिवक्ता पाण्डे पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुबहिनिबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।
आन्दोलनकारीको ढुंगामुढाबाट १२ जना प्रहरी घाइते भएकाे बताइएकाे छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो ।
प्रतिक्रिया