काठमाडौं । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।
सहकारी पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया