सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो


ग्लोब नेपाल
243
Shares

काठमाडौं । भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उनले बताए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।