दक्षिण कोरिया पुगेका नेपाली विद्यार्थीहरु आँधीको जोखिममा : अभिभावक र सरकार दुबै बेखवर

दक्षिण कोरिया पुगेका नेपाली विद्यार्थीहरु आँधीको जोखिममा : अभिभावक र सरकार दुबै बेखवर



काठमाण्डौ । विश्व स्काउट सम्मेलनमा भाग लिन दक्षिण क‍ोरिया पुगेका नेपाली विद्यार्थीहरु ज‍ोखिममा फसेका छन् । वेलायत, अमेरिका, सिङ्गापुरलगायतका देशहरूले आफ्ना विद्यार्थीहरुलाई त्यहाँबाट उद्दार गरि राजधानी सिउल पुर्‍याएर होटलमा राखेका छन्।

विश्व स्काउट जाम्ब‍ोरीमा भाग लिन त्यहाँ पुगेका नेपाललगायतका सवै देशका विद्यार्थीहरुलाई दक्षिण कोरियाको बुआन शहर नजिक रहेको सेमान्जियम क्याम्पमा राखिएको छ। अहिले त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियस रहेको छ। क्याम्पमा सवै विद्यार्थीहरुलाई पालमा राखिएको छ । अत्यधिक गर्मी सँगै क्याम्पमा सरसफाइको अभावले हाइजेनिक खाना र पानी उपलब्ध नहुँदा विद्यार्थीहरुले अत्यन्तै असहज अवस्था झेलिरहेको बीबीसीले उल्लेख्य गरेको छ। क्याम्पको अवस्था दयनीय भएपछि बेलायत र अमेरिकाले आफ्ना विद्यार्थीहरुलाई त्यहाँबाट उद्धार गरि होटलमा सारेको हो।

अहिले त्यहाँ समुन्द्री आँधी आउने चेतावनी पछि त्यहाँ रहेका विद्यार्थीहरु थप जोखिममा परेका छन् । सवै विद्यार्थीहरुलाई क्याम्पबाट सुरक्षित स्थानमा सार्ने जाम्बोरी आय‍ोजकले बताएका छन्। यसबीच कतिपय देशहरूले आफ्ना विद्यार्थीहरुलाई राजधानी सिउल लगेर होटलमा राखेको बीबीसीले उल्लेख गरेको छ।

नेपालको विभिन्न स्कुलबाट १८२ जना विद्यार्थीहरुले त्यहाँ सहभागिता जनाएका छन् । त्यहाँ भाग लिन जाने विद्यार्थीबाट जनही ३ लाख रुपैँया उठाएर लगेको अभिभावकहरुले बताएका छन् ।

अत्यधिक गर्मी र अपर्याप्त चिकित्सा सेवा, दयनीय व्यवस्थापनको कारण आफ्ना विद्यार्थी त्यहाँ बस्न सक्ने अवस्था नरहेको भन्दै युके स्काउटका कार्यकारी प्रमुख म्याट हाइडले आफ्ना विद्यार्थीहरुलाई होटलमा सारेको बीबीसीलाई बताएका छन् । दयनीय व्यवस्थापनबाट आफूहरू निरास बनेको उनले बताए । प्रयाप्त खाना र पानीको अभावसँगै हजारौंले प्रयोग गरेका शौचालयमा सरसफाइ नहुँदाको अवस्था तपाईंले सहजै कल्पना गर्न सक्नु हुन्छ उनले भनेका छन्।

अहिले सम्भावित समुन्द्री आँधीको कारण त्यहाँको अवस्था अत्यन्तै जोखिमपूर्ण बनेको बीबीसीले जनाएको छ। संसारको सवैभन्दा ठूलो युवा शिविरको रुपमा वर्णन गरिएको जाम्बोरीले हरेक चार वर्षमा विश्वभरका स्काउटहरुको भेला गर्छ । यसमा १४ देखि १८ वर्ष बीचका विद्यार्थीहरुलाई सहभागी गराइन्छ। अहिले १ सय ५५ देशका ४० हजार भन्दा बढि विद्यार्थीहरु जाम्ब‍ोरीमा भाग लिन दक्षिण क‍ोरिया पुगेका छन्। कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको यो स्काउट जाम्बोरी अगष्ट १२ सम्म चल्ने कार्यक्रम रहेको छ ।