काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्। पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई नियुक्त गरेका छन्। तामाङलाई गणतन्त्र जाम्बिया र मौरिससका लागि समेत तोकिएको छ । चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेका छन्। श्रेष्ठलाई कोरियाका लागि समेत तोकिएको छ । त्यसैगरी ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत राजदूत नियुक्त गरेका छन्।


प्रतिक्रिया