पहिरोले एकै परिवारका ६ जना पुरिए

पहिरोले एकै परिवारका ६ जना पुरिए


ग्लोब नेपाल
270
Shares

काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ ।

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको छ । अवस्था चिन्ताजनक रहेको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।