हनोलुलु । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउ टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।
एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन्भने भाडा पनि घटाएका छन् ।
तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ । आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए ।
राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलव्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् । एजेन्सी
प्रतिक्रिया