‘गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?’

‘गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?’


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन् । 

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरेपछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् । 

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन्।

‘भारतको बीडीबीकेएस कलेजबाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारेको छानबिन  ‘अपरेशन क्वाक’ ले  ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो, त्यही केस हाल आएर सीआईबी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकै कारण यो प्रकरण  पुनः युद्धस्तरमा तातेको हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’